यसरी फकाएर ३०८ प्रेमिकासँग सम्बन्ध बनाए सन्जय दत्तले: राजकुमार हिरानी

फरक धार

९ असार २०७५, शनिबार

बलिउड अभिनेता सन्जय दत्त आफैंले स्वीकार गरिसकेका छन्, उनले ३०८ महिलासँग यौनसम्पर्क गरे । यही कुरा उनको जीवनीमा आधारित फिल्म सन्जूको ट्रेलरमा पनि निकै प्राथमिकताका साथ प्रसारण भएको छ । तर, यो नसोच्नुस् कि उनी ह्यान्डसम भएर वा उनको व्यवहार राम्रो भएर उनले यतिका धेरै प्रेमिका बनाएका हुन् ।

भारतीय सन्चारमाध्यम इन्डिया टुडेसँगको अन्तर्वार्तामा सन्जूका निर्माता राजकुरमार हिरानीले सन्जय दत्तले कसरी यति धेरै महिलासँग सम्बन्ध बनाएभन्नेबारे खुलाएका छन् ।

हिरानीका अनुसार दत्तले अधिकांश युवती तथा महिलालाई पहिले आफ्नी आमाको चिहान भन्दै चिहानघरसम्म लैजान्थे र आफ्नो वसमा पार्थे ।

‘उनी एउटा केटीसँग डेट गर्न सुरु गर्थे र उसलाई चिहानघरमा लिएर जान्थे,’ हिरानीले अन्तर्वार्तामा भनेका छन्, ‘अनि सन्जय ती युवतीलाई भन्थे– मैले तिमीलाई यहाँ मेरी आमासँग भेट गराउन ल्याएको हुँ । त्यसपछि ती युवती उनीसँग भावानात्मक रुपमा नजिकिन्थिन् ।’

हिरानीले के पनि खुलाएका छन् भने त्यो सन्जय दत्तको आमको चिहानघर भने हुँदैनथ्यो ।

यस्तो भावानात्मकमात्र होइन, सन्जयले युवतीहरुमाथि अन्य दबाब पनि दिन्थे, भौतिक आक्रमणसमेत गर्न पछि पर्दैनथे ।

‘एउटा केटीले सन्जयलाई दुईचार भेट पछि नै भेट्न छाडिछिन्,’ हिरानीले भनेका छन्, ‘त्यसपछि सन्जयले आफ्नो साथीको गाडी लिएर त्यो केटीको घर अगाडि पुगेछन् र त्यहाँ पार्क गरिराखेको गाडीलाई ठोक्क्याएर धुजाधुजा बनाइदिएछन् । त्यो गाडी ती युवतीको नयाँ प्रेमीको रहेछ ।’

विभिन्न रिपोर्टहरुका अनुसार सन्जयले उनको समयका सबै अभिनेत्रीहरुसँग ‘डेट’ गरेका थिए । त्यति मात्र होइन, उनीभन्दा पछि बलिउडमा छिरेका अभिनेत्रीहरुसँग पनि सन्जयको अफेयरबारे बारम्बार गसिप बनिरहेका हुन्थे ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार