विश्वकप २०१८ का पाँच विवाद जाे चर्चामा रहिरहनेछन्

फरक धार

१ साउन २०७५, मंगलवार

फिफा विश्वकप २०१८ दाेस्राे पटक फ्रान्सले जितेसँगै सकिएकाे छ । तर, यसका विवाद र रमाइला पक्षकाे चर्चा अझै थामिएकाे छैन । यसमा जाेडिएका भावना र ट्विस्ट एन्ड टर्न्सकाे पछिसम्म पनि चर्चा भइरहनेछ ।

याे विश्वकपमा जाेडिएका पाँच विवाद:

१. भिएअार युगकाे सुरुवात

फुटबल विश्वकपकाे इतिहासमा याे विश्वकपमा पहिलाे पटक भिडियाे एसिस्टेन्ट रेफ्रीकाे प्रयाेग भयाे ।

मैदानमा भएका गल्तीलाई कतै रेफ्रीले नदेखाकाले निर्णय गर्न असहज नहाेस् भनेर याे टेक्निक प्रयाेग गरिएकाे थियाे ।

तर, यसबारे यसपटक निकै धेरै बहस भयाे । धेरैले भिएअारप्रति असहमति जनाए । यसकाे अालाेचना गर्नेहरुले भिएअारका कारण खेलमा हुने राेमान्चक पलहरु कम भएकाे अाराेप लगाए ।

कतिपय सन्दर्भमा याे प्रयाेग पनि गर्न सकिएन । त्यसैले पनि यसकाे अस्तित्वबारे प्रश्न उठ्याे ।

भिएअारका कारण खेलाडीहरुमाथिकाे अंकुश बढ्याे । र, सन् २०१४ काे भन्दा याे विश्वकपमा १७ प्रतिशत फाउल संख्या बढे ।

 

२. म्याराेडनाकाे जाेश

अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्यारोडनालाई बारम्बार विवादहरुसँग पनि जोडिन्छ । त्यसो त उनी जे गर्छन्, खुलेर गर्ने गरेका छन् ।

उनले आफूलाई लागेका विषयमा पनि खुलेरै कुरा गर्ने गरेका छन् । यसलाई उनी स्वयंलाई कहिलेकांही समस्या पर्ने गरेको छ ।

यो विश्वकपमा पनि उनी बारम्बार चर्चाको विषय बने । बहुतै उत्साहित र भावुक भएर आफ्नो टिमको समर्थन गरेको म्यारोडनाले यसपटक स्टेडियममा नै सिगार पिए । पछि उनले यसबारे माफी पनि मागे । त्यस्तै उनले अर्जेन्टिनाले समूह चरणको दोस्रो खेल जित्दा उनले ‘मिडल फिंगर’ देखाइदिए । उनको यस्तो अभ्रद व्यवहारको खुलेरै आलोचना भयो ।

म्यारोडनाले अन्तिम १६ को खेलमा कोलम्बियाली टिमविरुद्ध इंग्ल्यान्डले पाएको पेनाल्टीको पनि खुलेरै आलोचना गरे । यसलाई उनले मैदानमा भएको ठूलो चोरीको संज्ञा दिएका थिए । तर, यो विषयमा पनि पछि उनले माफी मागे ।

३. जापानले विश्वकपलाई फोहोर बनायो

यसपटकको विश्वकपमा जापानले ऐतिहासिक सफलता पायो । उसले अन्तिम ८ का लागि खेलिएको खेलमा ऊ बेल्जियमबाट पराजित भयो ।

समूह चरणका खेलमा अत्यन्त राम्रो गरेको जापानले खेलका कारण मात्र होइन, स्टेडियममा पुगेका दर्शकका कारण पनि प्रशंसा बटुल्यो । खेल सकिएपछि स्टेडियम सफा गरेका र धन्यवाद रुस लेखेको कार्ड छाडेर जापानी दर्शकले निकै प्रशंसा बटुले ।

तर, समूह चरणको तेस्रो खेलमा पोल्यान्डसँग पारजित भएपछि जापानी खेलाडीले कुनै कारणविना मैदानमा एकअर्कासँग पास खेल्न थाले । यसले विश्वकप फुटबल र फुटबल खेललाई नै फोहोर बनाएको विश्वभर चर्चा भयो ।

 

४. दुई मुखे बाज

खेलाडी तथा देशहरुलाई विश्वकप सुरु हुनुभन्दा पहिले नै फिफाले एउटा सर्तमा राखेको हुन्छ– उनीहरुले राजनीतिक टिप्पणी गर्न पाउने छैनन् ।

तर, स्विट्जरल्यान्डका जाका र शकिरीले सर्बियाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने समयमा आफ्नो हातले इशारा गर्दै दुई मुखे बाज बनाए । यसको राजनीतिक अर्थ निकालियो र त्यसबारे निकै बहस पनि भयो ।

उनीहरुको इशाराले अल्बानियाको राष्ट्रिय झन्डालाई इंगित गथ्र्यो । यसका कारण सर्बियाका राष्ट्रवादी र अल्बानियाका मानिसबीच तनाव उत्पन्न हुने अनुमान गरियो ।

उनीहरुले यस्तो संकेत गर्नुको पछाडि पनि राजनीतिक कारण लुकेको छ । शाकिरी कोसोवोको जिलान सहरमा अल्बानियाली मूलको मुस्लिम परिवारमा जन्मिएका थिए । उनी सात वर्षका हुँदा उनको परिवार स्विट्जरल्यान्ड आएको थियो ।

अर्कोतिर शाका पनि अल्बानियाका मुस्लिम परिवारका हुन् ।

युगोस्लोभाकियाबाट छुट्टिएर बनेका ६ देशमध्ये एक सर्बिया पनि हो । तर, सर्बियाको कोसोवो क्षेत्रले आफूलाई छुट्टै देशको माग गरिरहेको छ । त्यसैले उनीहरुको यो संकेतले राजनीतिक अर्थ बोकेको छ ।

त्यस्तै, यो विश्वकपमा अर्को समय पनि राजनीतिको गन्ध आयो जब क्रोएशियाका विदाले टिमको रुसमाथिको जितलाई युक्रेनका मानिसका लागि समर्पित गरे। रुस र युक्रेनबीचको तनावका कारण यो विषयले पनि धेरैको ध्यान तान्यो ।

 

५. महिला पत्रकारमाथि दुव्र्यवहार

यसपटकको विश्वकपमा मैदानमा मात्र विवाद भएन । रुसको मस्कोमा टेलिभिजनका लागि रिपोर्टिङ गर्न पुगेकी एक महिला पत्रकारमाथि गरिएको हिंसा पनि यो विश्वकपमा चर्चामा रह्यो । कोलम्बियाकी संवाददाता जुलियथ गोन्जालेजमाथि रुसी सडकमा टिभीमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक व्यक्तिले अचानक उनको स्तनमा हात राखे र गालमा चुम्बन गरे ।

जुलियथले प्रत्यक्ष रिपोर्टिङ रोकिनन् । यसबारे विश्वभर निकै आलोचना भयो ।

ब्राजिलकी एक पत्रकारमाथि पनि यस्तै हिंसा भयो । यी दुवै घटनाले इन्टरनेटमा लामो समय चर्चा कमाए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार