रुसद्वारा सफल मिसाइल परीक्षण

फरक धार

५ साउन २०७५, शनिबार

सन् २०१८ को जुन १२ लाई विश्वले सायदै बिर्सेला । विश्व राजनीतिको दुई ध्रुवमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले यो भेटले सबैलाई आश्चर्यमा पारेको थियो । यो भेटको प्रमुख उद्देश्य नै उत्तर कोरियाबाट परमाणु हतियार निर्मूल पार्नु थियो । किनकि बेलाबेलामा उत्तर कोरियाले परमाणु परीक्षण गरेर विश्वलाई धम्क्याइरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि भने उत्तर कोरियी नेता किम जोङ–उन पनि परमाणु हतियार उत्पादन गर्ने कम्पनी बन्द गर्न सहमत भएका थिए । त्यसयता आणविक हतियार प्रक्षेपणको खबर कतै पनि सुनिएको थिएन ।

तर, रुसले शुक्रबार काजकिस्तानमा एक नयाँ वायु रक्षा मिसाइल परीक्षण गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार यसको जानकारी गराएको हो ।

एयरोस्पेस फोर्सको वायु र मिसाइल रक्षा कार्यबलका उपकमान्डर आन्द्रेई प्रिखोदकाले एक समाचार पत्र (क्रासन्या ज्वेजदा)लाई बताएअनुसार रुसी एयरोस्पेस फोर्सको एक मिसाइल रक्षा एकाइले काजकिस्तान फायरिङ रेन्जको सेरी सेगनमा एक नयाँ आधुनिक वायु रक्षा मिसाइल परीक्षण गरेको छ ।

हतियारको सफल परीक्षण सैन्य सेवाको एक हिस्सा भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार