दुर्घटनामा एकको मृत्यु

फरक धार

६ साउन २०७५, आइतबार

पाल्पा- पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जिप र मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकलपछाडि बसेका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१च ४०८० नम्बरको पिकअप जिप र विपरीत दिशाबाट जाँदै गरेको लु२९प ७०२१ नम्बरको मोटरसाइकल अापसमा ठाेकिँदा दुर्घटना भएको हो ।

शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापा घाइते भएका छन् । मोटरसाइकलपछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक २७ वर्षीय विनोद थापाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रभास प्रहरी चौकीले जनाएको छ । दुवै सवारीसाधन तथा जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार