मोटरसाइकल दुर्घटनामा गाैरादहमा एकको मृत्यु

फरक धार

६ साउन २०७५, आइतबार

दमक- मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ ।

गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।

गौरीगञ्जबाट घरतर्फ फर्कंदै गर्दा उनी सवार बा१०प ४६३ नम्बरको मोटरसाइकल गए राति ८.३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार