भारतबाट चार बालकको उद्धार

फरक धार

६ साउन २०७५, आइतबार

बुटवल- भारतको एक बाल सुधारगृहमा रहेका चारजना नेपाली बालकको उद्धार गरिएको छ । उनीहरूलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो ।

लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो ।

आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संरक्षणमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बालकको आफन्तसमक्ष पुर्याउन सहयोगका लागि सबैमा अपिलसमेत गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार