सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु

फरक धार

६ साउन २०७५, आइतबार

पाल्पा- तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र १९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पाल्पाबाट बुटबल जाँदै गरेको ना३ख १००८ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु२१ख ९६८० नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । तिनाउ खोलाबाट उनीहरूको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार