कांग्रेस सभापति देउवाको विदेश भ्रमण स्थगित

फरक धार

६ साउन २०७५, आइतबार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् ।

मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उनले विदेश भ्रमण स्थगन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आइतबार अपराह्न विदेश प्रस्थान गर्ने भ्रमण स्थगन गरेको पार्टी कार्यालयले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार