बस अापसमा ठक्कर खाँदा २३ जना घाइते

फरक धार

७ साउन २०७५, सोमबार

चितवन- भरतपुर महानगरपालिका-१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस अापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।

काठमाडौँबाट दाङ जान आउँदै गरेको ना५ख ९३९९ को बस र वीरगन्जबाट पोखरा जाँदै गरेको ना५ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार