डा. केसीकाे अनसनकाे २५अाैं दिनः अवस्था नाजुक

फरक धार

८ साउन २०७५, मंगलवार

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनकाे मंगलबार २५अाैं दिन पुगेकाे छ । चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै  १५ औं पटकको अनसन जुम्लामा गएर शुरु गरेका डा. केसीलाई सरकारले २० औं दिन बल प्रयोग गरी काठमाडौं ल्याएकाे  थियाे ।

सोमबार अहिलेसम्मकै लामो २४अाैं दिन पुगेसँगै उनको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बनेकाे चिकित्सकहरूले बताएका छन् ।

 रक्तचाप, पोटासियम, सेतो रक्तकोष र सुगरका साथै रगतमा अक्सिजनको मात्रा समेत एकदमै घटेको छ । साेमबार साँझ ८० वर्षीया आमाको विशेष आग्रहमा स्वास्थ्य परीक्षण गराएका केसीलाई ‘जतिखेर जे पनि हुन सक्ने’ चिकित्सकहरुकाे भनाइ छ ।

चिकित्सा क्षेत्रमा बेथितीको जगजगी रहेकाे भन्दै त्यसलाइ हटाउन हटाउँदै मेडिकल शिक्षामा थिती बसाउनुपर्छ भन्ने लगायतका माग पूरा गराउन २०६९ सालदेखि उनले अनसन सुरु गरेका थिए । तर पटक पटक सहमति गर्दै अनसन ताेडिएपनि ती सहमती कार्यान्वयन नभएकाे डा. केसीले बताउँदै अाएका छन् । साेमबार सरकार प्रमुख र सत्तारूढ दलका नेताले दिएकाे अभिब्यक्तिले थप अनयाैल बढेकाे छ ।

याे पनि पढ्नुहाेस्ः 

आमरण अनशनमा डा। केसीका २४ दिन स् जुम्लादेखि काठमाडौंसम्म

डा. केसीका १५ अनशनः कहिले, किन, केका लागि र के भए उपलब्धि ?

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार