मृतकको परिवारलाई पाँच लाख क्षतिपूर्ति

फरक धार

८ साउन २०७५, मंगलवार

हुम्ला – करेन्ट लागेर मृत्यु भएकी हुम्लाकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले पाँच लाख ३५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सीमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई सो रकम क्षतिपूर्तिस्वररूप उपलब्ध गराइएको हो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा बसेको सर्वदलीय बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति रकम तथा परिवारको एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

विद्युत्को तार सट भई करेन्ट लाग्दा स्थानीयवासी कलदरी भण्डारी, धनपुरी बोहरा, देवकली बोहरा र कर्णबहादुर बोहरा घाइते भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार