रुँदै राजीनामा दिए कानुनमन्त्री तामाङले

फरक धार

८ साउन २०७५, मंगलवार

काठमाडौं– ख्याल नगरी बाेल्दा अत्यन्त ठूला दुर्घटना निम्तिन सक्छन् । त्यसैले पनि हुनुपर्छ हामी सुन्दै अाएका छाैँ- वाणी एकपटक निस्किएपछि फेरि फिर्ता हुन सक्दैन ।

कानुनमन्त्री शेरबहादुर तामाङकाे सन्दर्भमा पनि याे पुष्टि भएकाे छ । तामाङले केही दिन अघि साेचविचार नगरी विदेशमा पढ्न जाने नेपाली महिला विद्यार्थीमाथि गरेकाे टिप्पणीले उनकाे पद नै गुमेकाे छ ।

मंगलबार सिंहदरबारमा कानुन मन्त्रालयमा अन्तिम पटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले यही विषयमा चर्किएकाे विवादका कारण राजिनामा दिएका छन् ।

बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जाने छात्राबारे तामाङले एक कार्यक्रममा निकै निम्नस्तरकाे टिप्पणी गरेका थिए । उनकाे टिप्पणीमाथि सामाजिक सन्जाल तथा सन्चारमाध्यममा चर्काे अालाेचना भएपछि नेपाल कम्युनिष्ट पार्टीले उनलाई मन्त्री पदबाट राजिनामा दिन निर्देशन दिएकाे थियाे ।

मंगलबार दिउँसाे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दा मन्त्री तामाङ भावुक भए । अाफ्नाे राजिनामा पत्र पढ्दै गर्दा बारम्बार अाँसु पुछ्न हात अाँखामा पुर्याएका तामाङले अाफ्नाे प्रतिरक्षामा शब्द खर्चिन पनि भ्याए ।

अाफू महिलाप्रति संवेदनशील भएकाे दाबी गर्दै मन्त्री तामाङले मिडियामाथि समाचारलाई अतिरन्जित गरेकाे अाराेप लगाउन पनि भ्याए । ‘नारीहरुप्रति मेराे सम्मान छ, नारीमाथि कुनै प्रकारकाे हिंसा हुनुहुन्न भन्ने मेराे मान्यता छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘म निरन्तर महिलामाथि हुने  हिंसा अन्त्य गर्न लागिरहेँ तर अहिले त्यही विषयले मलाई लखेटियाे ।

 

 

 

 

 

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार