[फोटो फिचर] डा. केसीको समर्थनमा त्रिविका चिकित्सकद्वारा सामूहिक अनसन

फरक धार

८ साउन २०७५, मंगलवार

काठमाडौं/ २५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन–प्रतिदिन कमजोर हुँदै गइरहेको छ । उनै केसीकोे जीवन रक्षाको माग गर्दै आज मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले सामूहिक अनसन सुरु गरेका छन् ।

‘हामीहरुको अधिकार सुनिश्चित नभएसम्म विरोध तथा अनसनको कार्यक्रम जारी रहनेछ’ सामूहिक अनसन बसिरहेका डा. सन्तोष उपाध्याय भन्छन्– ‘चिकित्सक मात्रै होइन, म सम्पूर्ण जनतालाई आवाज उठाउन आग्रह गर्दछु ।’

अनसनमा करिब १ सय ५० जना चिकित्सको सहभागिता छ ।

उनीहरुले डा. केसी अनसन बसिरहेको भवनकै अगाडि कालो पट्टी बाँधेर अनसन सुरु गरेका हुन् । बिहान १० बजेदेखि सुरु भएको सामूहिक अनशन बेलुका ५ बजेसम्म चल्नेछ ।

तस्बिरमा हेर्नुहोस् अनसनरत चिकित्सकहरुः

 

 

तस्बिरहरुः पुष्पराज चौलागाईं, फरकधार ।

 

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार