ग्रिसकोे जंगलमा आगलागी, ५० भन्दा बढीको मृत्यु

फरक धार

८ साउन २०७५, मंगलवार

ग्रिसको राजधानी एथेन्सनजिकै अटिका भन्ने ठाउँको जंगलमा आगलागी हुँदा कम्तीमा ५० जनाले ज्यान गुमाएका छन् । देख्नेहरूले भनेका छन्– ‘पछिल्लो एक दशकमा भएको आगलागीमध्ये यो सबैभन्दा भयानक हो । रेडक्रसले दिएको जानकारीअनुसार समुन्द्री किनारनजिक रहेको एक गाउँमा २६ शव भेटिएको छ । जुन स्थान आगलागीको केन्द्र हो । यसभन्दा पहिले नै ग्रिस सरकारले २४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको थियो ।

उद्धारकर्ताले आगोमा फसेका मानिसलाई सुरक्षित ठाउँमा ल्याउनका लागि डुंगा र हेलिकोप्टरको प्रयोग गरेका छन् । सयौँ दमकललाई आगो नियन्त्रणका लागि खटाइएको छ । आगोको फैलावट गति रोक्नका लागि ग्रिस सरकारले अन्तर्राष्ट्रिय सहयोग मागेको छ । पत्रकार सम्मेलन गर्दै ग्रिसका प्रधानमन्त्री अलेक्सईले आगो नियन्त्रण गर्न जे सम्भव छ त्यो काम गर्ने बताएका छन् ।

आगोको फैलावट यति द्रूत किन ?

अधिकांश आगलागीपीडित उत्तर–पूर्वी एन्थेसबाट ४० किमि पर रहेको मटी गाउँका थिए । उनीहरूमध्ये अधिकांश घर र कारमा रहेका थिए । उक्त गाउँ स्थानीय पर्यटनका लागि प्रख्यात छ । समाचार एजेन्सी रोयटर्सका अनुसार त्यहाँ मानिस बिदा मनाउन जाने गर्छन् ।

कम्तीमा पनि १ सय ४ जना मानिस घाइते भएको अनुमान गरिएको छ । जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमा ११ बच्चा पनि परेका छन् । नजिकै समुद्र भएका कारण आगलागी नियन्त्रण गर्न सजिलो हुने उद्धारकर्ताको अनुमान रहेको छ ।

ग्रिसका प्रधानमन्त्री अलेक्साईले आटिकामा आपतकालको घोषणा गरेका छन् । उनले सबै आपतकालीन सेवाहरू मुस्तैदीबाट लगाउने घोषणा गरेका छन् । ग्रिसले युरोपियन मुलुकसँग आगो नियन्त्रणमा लिन सहयोग माग गरेको छ । इटाली, जर्मनी र फ्रान्सले सहयोग पठाएको छ ।

२००७ पछि ग्रिसको जंगलमा लागेको आगोमध्ये यो भयानक मानिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार