नयाँ कानुनमन्त्रीको चर्चामा वसन्त नेम्वाङ र भानुभक्त ढकाल

फरक धार

८ साउन २०७५, मंगलवार

काठमाडौं/ कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएपछि अब कानुनमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । सिंहदरबास्थित कानून मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मंगलबार पदबाट राजिनामा दिएका हुन् ।

बंगलादेशमा एमबिबिएस अध्ययन गर्न गएका छात्राबारे एक कार्यक्रममा बोलेको भाषणको विषयलाई लिएर उनी विवादित बनेका थिए । विवादपछि नेकपाको निर्देशनका कारण उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामासँगै अबको कानुनमन्त्रीमा को बन्ने भन्ने कुरामा सबैको चासो बढ्न थालेको हो ।

पाँचथरका वसन्त नेम्वाङ र मोरङका भानुभक्त ढकालको नाम अब बन्ने कानुनमन्त्रीमा चर्चा रहेको छ । नेकपा स्राेतका अनुसार दुईमध्ये नेकपाले भानुभक्त ढकाललाई कानुनमन्त्री बनाउने तयारी गरेको छ । मन्त्री तामाङको राजीनामासँगै ढकाललाई मन्त्रीको सपथ दिलाउने तयारी नेकपाले गरेको स्राेतले जानकारी दिएको छ ।

को हुन ढकाल ?

तत्कालीन एमालेबाट उम्मेदवार बनेका ढकाल मोरङ ३ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशिल भएका हुन् । २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक सभासद थिए । उनी दोस्रो संविधान सभापछिको संसदमा एमालेका प्रमुख सचेतक पनि भएका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार