पाकिस्तानकाे चुनावी माहाेल २०१३ को भन्दा फरक

फरक धार

९ साउन २०७५, बुधबार

पाकिस्तानमा आज निर्वाचन भइरहेको छ । सन् २०१३ पछिको यो चुनावलाई तुलनात्मक रूपले पनि हेरिएको छ । पाकिस्तानका एक सेना प्रमुखले जननिर्वाचित सरकारलाई पल्टाएर १९ वर्षसम्म सत्ता हातमा लिएको थियो ।

यसपछि दुईपटक पाकिस्तानले लोकतान्त्रिक सरकार चुनिसकेको छ । तर, पाकिस्तानी राजनीतिक आकाशमा अनिश्चितताको बादल भने सधैँभरि मडारिइरहेको छ ।

खासमा गत वर्ष पूर्वप्रधानमन्त्री नवाज सरिफलाई प्रधानमन्त्रीबाट हटाइएपछि वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्न सक्दैन भन्ने अनुमान लगाउन थालिएको थियो । यस्तो पनि अनुमान गरिएको थियो कि, फेरि एकपटक सत्तामा सेना हाबी हुनेछ ।

तर, यो सबै राजनीतिक अनुमान र संकटका बाबजुद संसद्ले आफ्नो कार्यकाल पूरा ग¥यो । अहिले पाकिस्तानमा फेरि एकपटक लोकतान्त्रिक रूपमा चुनाव भइरहेको छ ।

विश्लेषकका अनुसार व्यावहारिक अनिश्चितताका बाबजुद अघिल्लो चुनावमा भन्दा यो वर्षको चुनावमा केही फरक देखिएको छ । राजनीतिक विश्लेषक रसुल बख्स सन् २०१३ को तुलनामा अहिले आमूल परिर्वतन आएको बताउँछन् ।

बख्स भन्छन्, ‘आमधारणाभन्दा फरक त्यो बेला इमरान खानको पार्टी राष्ट्रिय स्तरमा त्यति माथि थिएन, जति अहिले छ । त्यतिबेलाको चुनाव नवाज सरिफ निर्वासनबाट फर्किएपछिको पहिलो चुनाव थियो । र, उनको लोकप्रियता अत्यधिक थियो । पाकिस्तानी पिपल्स पार्टीको लोकप्रियता खस्कँदो थियो । यो समय पिटी त्यो ठाउँमा छ, जहाँ अघिल्लो वर्ष नवाज सरिफको पार्टी थियो ।’

धार्मिक दल

पत्रकार सबहत जिकरियाका अनुसार अहिले राजनीतिक माहोल मात्रै फरक छैन । अहिले सन् २०१३ को चुनावको तुलनामा सुरक्षाको अवस्था पनि निकै फरक छ ।
सबहत भन्छन्, ‘अहिले सुरक्षाको एक खतरनाक शान्त माहोल बनेको छ । तर, अहिलेको अवस्था २०१३ को जस्तो छैन । अघिल्लो वर्षको जस्तो सुरक्षा अवस्था पनि चिन्ताजनक अवस्थामा छैन । अहिलेको स्थिति निकै सुधारिएको छ ।’

राजनीतिक टिप्पणीकार सलमान गनीले पनि पाकिस्तानको सुरक्षा एजेन्सी र अघिल्लो सरकारकालाई यसको श्रेय दिनुपर्ने बताउँदै यसको समर्थन गरेका छन् । तर, सलमान यो चुनावमा केही नकारात्मक पक्ष पनि देखिएको बताउँछन् । उनी भन्छन्, ‘यहाँ मुद्दाको राजनीति बाँकी छैन बदलाको राजनीति मात्रै छ ।’

विश्लेषक रसुल बख्सका अनुसार जारी चुनावमा दक्षिणपन्थी धार्मिक दल फेरि पनि माथि आउन लागेको छ ।

रसुल बख्सका अनुसार ८०–९० दशकदेखि यो धार्मिक दल सधैँ राजनीतिक परिदृश्यको भाग बन्दै आएको थियो । कुनै धार्मिक दल चुनाव लड्नुको सट्टा पिएमएल–एनको समर्थन गर्थे । तर, अहिले तहरिके–लब्बैक वा रसुल अल्लाह र जमात–उद–दावा समर्थित अल्लाह हु अकबर–तहरिक दल आफैँ मैदानमा रहेको छ ।

रसुल बख्स भन्छन्, ‘साम्प्रदायिक सद्भाव बिगार्ने गरी भाषण गर्ने र भड्काउपूर्ण भाषण गर्नेहरूले पनि चुनाव लडेकामा मानिसहरूले गुनासो गरेका छन् । तर, समस्या यो हो कि उनीहरूलाई संविधानमा उल्लेख गरिएको मौलिक अधिकार हो । जतिबेलासम्म यस्ता मानिसलाई दोषी ठहर गरिँदैन त्यतिबेलासम्म पाकिस्तानको निर्वाचन आयोगले चुनाव लड्न रोक्न सक्दैन । यसले धेरै भोट नपाउने लगभग पक्का छ, तर यसले अन्य ठूला दलजस्तै नवाज सरिफको पार्टी पिएमएल–एनको भोट भने पक्क काट्नेवाला छ ।’

मिडिया र सोसल मिडिया

रसुल बख्स यो पनि मान्छन् कि प्रमुख दल धर्मको राजनीतिबाट बच्न चाहन्छन्, तर उनीहरूले तिनै अतिवादी दलसँगको सहकार्यमा कतिपय गाउँहरूमा चुनाव लडिरहेका छन् । पछिल्लो पाँच वर्षमा चुनावी अभियान पूरै फेरियो । अहिले इलेक्ट्रोनिक मिडिया पनि महत्त्वपूर्ण भूमिकामा रहेको छ । यसले मतदातालाई संवेदनशील मात्रै बनाएको छैन, यसले फरक–फरक दल र नेताका लागि पनि मौका दिइरहेको छ । जसले गर्दा उनीहरूलाई आफ्नो आवाज जनतासम्म पु¥याउन सजिलो भएको छ ।

यसका अलवा राजनीतिक दलले सर्वसाधारणसम्म पहुँच बनाउनका लागि सोसल मिडियाको पनि सहयोग लिइरहेका छन् । सबै राजनीतिक दलले आफ्नो प्रचार र विपक्षीको विरोध सोसल मिडियाबाट नै गरिरहेका छन् ।

यसपटक राजनीतिक दलले टेलिभिजन विज्ञापनमा निकै पैसा खर्च गरिरहेका छन् । अहिले टिभीमा अन्य विज्ञापनभन्दा राजनीतिक दलका विज्ञापन धेरै आइरहेका छन् ।

सलमान गनीका अनुसार अघिल्लो चुनावमा जस्तै यसपटक पनि लाहोरको माहोल निकै रमाइलो हुनेवाला छ । विशेषगरी पन्जाब र लाहोरमा वास्तविक लडाइँ हुनेवाला छ । यी दुवै ठाउँलाई नवाज सरिफको पार्टीको गढ मानिन्छ ।

सलमान गनीका अनुसार जनातामा निराशा आएको छ । केही मानिसले चुनावमा भाग नलिने पनि बताइरहेका छन् । उनीहरूले नवाज सरिफलाई सजाय दिनुपर्ने अवस्थामा चुनावका कारण त्यसमा ढिलाइ भएके महसुस गरिरहेका छन् । यसैले पहिलो वर्षको तुलनामा यो वर्षको चुनावी रंग निकै फेरिएको छ ।

योपटक चुनावी प्रक्रियामा महिलाको सहभागिता भएर पनि निकै चासो दिइएको छ । र, यो चुनावमा महिलाहरूले आफ्नो मताधिकारको प्रयोग धेरैभन्दा धेरै गर्ने अपेक्षा गरिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार