डा. केसीको अवस्था अत्यन्तै नाजुक, ‘जे पनि हुन सक्ने !’

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडौं– आमरण अनसनरत डा. गोविन्द केसीको अवस्था अत्यन्तै नाजुक भएको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. केसीको अनसन तत्काल नतोडिए ‘जे पनि हुनसक्ने’ चिकित्सकहरुले चेतावनी दिएका छन् ।

डा. केसीको मुटुको चाल कम हुँदै गएको डा. जीवन क्षेत्रीले फरकधारलाई जानकारी दिए । उनका अनुसार इलेक्ट्रोलाइट, लवण आदिको असन्तुलनका कारण डा. केसीको शरीरमा रक्तचाप समेत घटेको छ ।

अनसनको २७औं दिन पुगिसक्दा पनि सरकारी पक्ष डा. केसीको जीवनरक्षाका लागि त्यति गम्भिर नबनेको उनको आरोप छ । डा. केसीलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने डा. केसीलाई हेर्दै आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई उधृत गर्दै उनले बताए ।

वार्ताः मुख्य मागमा कुरै भएन ?
डा. क्षेत्रीले मंगलवार र बुधवारको वार्तामा सरकारी टोली डा. केसीले माग गरेको बुँदामा प्रवेशनै गर्न नचाहेको आरोप लगाए । उनले भने, ‘हामीले लिखित नै दिएका थियौं, तर उहाँहरु (सरकारी वार्ता टोली) अरु अरु विषयमा कुरा गर्ने, मुख्य मागतर्फ कुरै गर्न नचाहने ।’ दुई दिनको श्रृखंलाबद्ध वार्ताबाट निष्कर्ष ननिस्किएपछि अन्यौल बढेको उनको भनाई छ । ‘वार्ताबाट कुरा मिलेन’, उनले भने, ‘तर हामी सत्तापक्षका नेताहरुसँग अनौपचारिक छलफलमै छौं ।’ काठमाडौंमा मेडिकल कलेज खोल्न १० बर्षे प्रतिबन्ध, एउटा विश्वबिद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने लगायतका बुँदा लिखित दिएको उनले बताए । संसदमा विचाराधिन चिकित्सा शिक्षा बिधयेकमा नै डा. केसीले उठाएका माग समेट्ने बताईएपनि सरकारी पक्षले गाम्भिर्यता नदेखाएको उनले आरोप लगाए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार