नेपाल वायुसेवाकाे दाेस्राे विमान नेपाल भित्रियाे

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडाैं/ नेपाल वायुसेवा निगमले दोस्रो वाइडबडी विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।

मकालु नाम दिइएकाे ए–३०३–२०० सिरिजकाे साे विमानको कल साइन भने ९ एनएलजेट छ । विमानलाई मन्त्रालय र निगमका अधिकारीहरुले विमानस्थलमै पुगेर स्वागत गरेका हुन् ।

युरोपेली कम्पनी एयरबसले निर्माण गरेको उक्त जहाजलाइृ निगमले अमेरिकाको एएआर नामक कम्पनीसँग किनेको हो । विमानको मूल्य २१ अर्ब ९० करोड रूपैयाँ रहेको छ ।

यसअघि गत असार २४ गते निगमले पहिलो वाइडबडी विमान नेपाल भित्राएको थियो । दुवै वाइड बढी विमानहरुको सिट संख्या भने समान रहेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार