[फोटोफिचर] शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकहरु पक्राउ

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडौं/ २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण पदयात्राको तयारी गरिरहेका चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रि वि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्‍यालीमा प्रहरीले अवरोध गरेका हुन् । अस्पतालबाट सुरु भएको शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै रोकेर राखेको छ ।

सरकार डा. केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप र्‍यालीको आयोजन गरिएको हो । र्‍याली टिचिङ अस्पतालबाट बालुवाटारसम्म जाने भनिएको थियो ।

प्रहरीले मुख्य गेटमै पद यात्रा रोकेपछि अस्पताल प्रवेश गर्ने एम्वुलेन्स तथा बिरामीलाई बाहिर निस्कन तथा प्रवेश गर्न समस्या परेको छ । पदयात्रामा अवरोध गरेपछि मूल सडकमा विरोध भइरहेको छ ।

प्रहरीको आग्रह नमानेपछि प्रदर्शनकारीलाई प्रहरीले धकेल्दै अस्पतालतर्फ लगेको थियो । डाक्टरहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

तस्बिरहरू : पुष्पराज चाैलागार्इं/फरकधार

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार