डा. केसी र सरकारी टोलीबीच वार्ता सुरु हुदैँ, अाजै सहमति जुट्न सक्ने

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडाैं/ २७ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न पुनः प्रयास सुरु हुने भएको छ ।
हिजो दुई पटकसम्म पनि सरकारी वार्ता टोली र डा. केसीपक्षका टोलीबिच वार्तामा सहमति जुटन सकेको थिएन ।

बुधबार अबेर राति प्रधानमन्त्री ओलीले केसीका वार्ताकारलाई बालुवाटारमै बोलाएर छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट केसीका माग समेटेर विधेयक सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र डा. दिव्यासिंह शाहलाई जिम्मा दिएको सल्लाहकार अर्यालले फरकधारसंग बताए ।

सरकारले खटाएको टोली र डा. केसी पक्षका सदस्यबीच अहिले अनौपचारिक वार्ता हुँदैछ ।

‘प्रधानमन्त्रीज्यू डा. केसीका मागप्रति सकारात्मक हुुनुहुन्छ’ अर्यालले भने– ‘कुरा बिग्रिएन भने आजै सहमति हुने देखिन्छ ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार