डा. केसी र सरकारी टोलीबीच वार्ता सुरु

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडाैं/ २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न पुनः वार्ता सुरु भएको छ ।

बुधबार दुई पटकसम्म पनि सरकारी वार्ता टोली र डा. केसीका पक्षका टोलीबीच भएको वार्तामा सहमति जुट्न सकेको थिएन । सहमति जुटाउनकै लागि अहिले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा सरकारी टोली र डा. केसी पक्षको टोलीबीच वार्ता सुरु भएको हो ।

यसअघि सरकारी पक्षले संसद्मा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसक्ने दोहोर्यापछि केसी पक्षले सरकारले आफनो व्यवहार परिवर्तन नभएसम्म वार्तामा नबस्ने घोषणा गरेको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार