देशभर आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडौं/  नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालसम्म ठप्प पार्ने भएका छन् । संघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै डा. गोविन्द केसीको मागप्रति सरकार उदासीन रहेकाले देशभरका अस्पातलमा आकस्मिक बाहेकका अरु सेवाहरु ठप्प पार्ने चेतावनी दिएको हो ।

२७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यलाई लिएर कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्ने परिस्थितिलाई मनन गर्दै, नेपाल चिकित्सक संघ, नेपाल सरकार र डा. केसी पक्षधर वार्तालाई गभ्भीर रुपमा प्रस्तुत भई जिम्वारी बोधका साथ अगाडि बढ्न संघले आग्रह गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ– ‘डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यान राख्दै संवादका प्रत्येक पल अत्यन्तै महत्वपूर्ण र संवेदनशील बनाउँदै घनिभूत वार्ता गरी उहाँको जीवन रक्षा गर्न यस संघ नेपाल सरकार र सम्बद्ध वार्तामा सम्मिलित व्यक्तिहरुमा हार्दिक अपिल गर्दछ ।’

डा. केसी आमरण अनसनमा बसेको विषयलाई लिएर चिकित्सक, मिडिया तथा सामाजिक सञ्जालमा झुटा, कपोकल्पित र अस्वाभविक टिका–टिप्पणी गरिएकोप्रति संघले आपत्ती समेत जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार