झिनाे अंकले घट्यो सेयर बजार

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडौं/ सेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता सेयर १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको सेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत् १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको छ ।

होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार