सरकार र केसीबीच सहमति

फरक धार

१० साउन २०७५, बिहीबार

काठमाडाैं/ अनसरनत डा. गोविन्द केसी र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि अहिले सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदबारमा वार्ता सुरु भएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले फरक धारसँग कुरा गर्दै वार्ता सकारात्मक भएको र सहमतिका विषयमा अन्तिम निर्णय भने डा. केसीले नै गर्ने बताएका छन् ।

सहमतिमा हस्ताक्षर भएसँगै केसीको अनसन तोडिने नेम्वाङको भनाइ छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार