पाकिस्तानमा अबकाे नेतृत्व इमरानकाे

फरक धार

१० साउन २०७५, बिहीबार

पाकिस्तान/ पाकिस्तानमा हिजो बुधबार भएको निवार्चनको मत गणना जारी छ । २ सय ७२ सिटको लागि भएको निर्वाचनमा अहिलेसम्म इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) सत्ताको नजिक पुगेको छ । अहिलेसम्मको ताजा परिणाम अनुसार पिटिआईको १ सय १५ सिटमा अग्रता कायम गरेको छ । बहुमतको लागि १ सय ३७ सिट आवस्यक हुन्छ । त्यसैले बहुमत हुन २२ सिट मात्रै पछाडि छ ।

नवाज शरीफका भाइ शहबाजको नेतृत्वमा चुनाव लडिरहेको पाकिस्तान मुस्लिम लिगले अहिलेसम्म ६२ सिटमा आफ्नो अग्रता कायम गरेको छ । भिलाबल भुट्टोको पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) भने तेस्रो नम्बरमा छ । यसका उम्मेदवारले अहिलेसम्म ३६ सिटमा आफ्नो अग्रता कायम राखेका छन् ।

आतंकी हाफिज सइदले अल्लाह–ओ–अकबर तहरिक (एएटी) ले आफ्ना २ सय ६५ उम्मेदवारलाई उठाएको थियो । तर, उसले एक सिटमा पनि अहिलेसम्म अग्रता कायम गर्न सकेको छैन ।

न्युज एजेन्सिका अनुसार पाकिस्तानमा जम्मा ५० देखि ५५ प्रतिशत मात्रै भोट खसेको बताएका छन् । पाकिस्तानमा १० करोड ५० लाख भोटर्स छन् ।

पाकिस्तानको नेस्नल एसेम्ब्लीमा जम्मा ३ सय ४२ सिट छ । ६० सिट महिलाको लागि र १० अल्पसंख्यकको लागि भनेर छुट्याइएको छ । चार प्रान्त पंजाव, सिन्ध, खैबर पख्तुनख्वा र बालुचिस्तानमा पनि नयाँ सरकार आउने संकेत देखिएको छ ।

हेभी वेट अनुहारलाई पनि हार

पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खाकानले अब्बमसी रावलपिन्डीको एनए–५७ र इस्लामाबादको एनए –५३ सिटमा चुनाव लडेका थिए । उनी दुवै निर्वाचन क्षेत्रबाट हार्ने छाँट देखिएको छ । नवाज शरीफका भाइ शहबाज शरीफ कराँची, स्वात र लाहौरबाट चुनावी मैदानमा उत्रिएका थिए । उनी दुई सिटमा पराजित भइसकेका छन् । लाहौरमा भने उनी केही अगाडि देखिएका छन् ।

पिपिपी प्रमुख भिलावल भुट्टो मलकंदको एनए–८ मा पराजित भएका छन् । तर, सिन्धको लारकनबाट भने उनी विजयी भएका छन् । राइट विग जमियत–ए–इस्लाम का प्रमूख सिराजुल पनि पराजित भएका छन् ।

चुनावमा धाँधलीको आरोप

पिएमएल–एन, पिपिपी र पाक र सरजर्मी पार्टी (पिएसपी) ले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । शहबाज शरीफले मतगणना हुदाँको समयमा नै पत्रकार सम्मेलन गरेर निर्वाचनको मतपरिणाम आफूले इन्कार गरेका थिए । उनले भने– ‘म यो भन्न बाध्य छु, हामी यो नतिजा पुरै अस्वीकार गर्छौं ।’

निर्वाचन आयोग के भन्छ ?

पाकिस्तानको निवार्चन आयोगले बिहीबार बिहान ४ बजे पत्रकार सम्मेलन गरेर आफूहरुमाथि कुनै पनि दबाव नभएको बताएका थिए । रिजल्ट ट्रान्समिसन सिस्टमको पहिलो पटक प्रयोग गरिएको यो निर्वाचनमा प्रविधिक गडबढिका कारण निर्वाचनको परिणाम आउन भने केही समय लाग्ने आयोगले जनाएको छ ।

पाकिस्तनको सबैभन्दा ठूलो प्रान्त पन्जाबमा शहबाज र इमरानको पार्टीको बीचमा भिडन्त हुने देखिएको छ । २९२ प्रान्तीय सिट भएको पन्जाबमा अहिलेसम्म सत्तासीन पार्टी पिएमएल–एनले १ सय ४ सिटमा अग्रता कायम गरेको छ ।

तर, पिटिआई ९६ सिटसँगै टक्कर दिएका छन् । अर्काेतर्फ खैबर पख्तुनख्वा ९९ सिटमा पिटिआई ५४ सिटमा अगाडि छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार