डा. केसीसँगको सहमति बिफ्रिङ गर्न नेकपाले डाक्यो संसदीय दलको बैठक

फरक धार

११ साउन २०७५, शुक्रबार

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु बैठकमा डा. गोविन्द केसीका मागमा भएका सहमतिबारे सांसदहरुलाई जानकारी गराइने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

सहमति अनुसार नै संशोधन दर्ता गराउनुपर्ने भएकाले सांसदहरुलाई सहमतिबारे ब्रिफिङ गर्न बैठक बोलाइएको उनले बताए । बैठकमा काग्रेसको आन्दोलन, सरकारका कामलगायतका समसामयिक विषयमा पनि कुराकानी हुने नेकपाले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार