संसदीय सुनुवाई समितिः प्रधानन्यायाधिसमा जोशीलाई सिफारिस गर्ने

फरक धार

११ साउन २०७५, शुक्रबार

काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधिस दिपकराज जोशीका विषयमा संसदीय सुनुवाई समितिले शुक्रबार निर्णय गर्दैछ ।
त्यसका लागि दिउँसो ३ बजे समितिको बैठक बोलाईएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले फरकधारलाई जानकारी दिए ।

समितिको २ तिहाइँले मात्र सिफारिस बदर हुने प्रावधान छ । जोशीबिरुद्ध परेका उजुरीमाथिका हिजो सुनुवाई सकिएकोले आज जोशीको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने उनले जानकारी दिए ।

जोशीबिरुद्ध जिल्ला, उच्च र सर्वोच्च अदालतसम्म आईपुग्दा न्याय सम्पादनको क्रममा नियम उल्लघंन, भ्रष्टाचार गरेको लगायतका पाँच वटा उजुरी परेका थिए । जोशी हाल बरिष्ठताका आधारमा सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधिसका रुपमा कार्यरत छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार