महँगीको विरोध गर्दै बालुवाटारमा नेविसंघकाे धर्ना

फरक धार

११ साउन २०७५, शुक्रबार

काठमाडौं/ उपभोग्य वस्तुमा भएको महँगीको विरोध गर्दै नेपाल विद्यार्थी संघले बालुवाटारमा धर्ना दिएको छ ।

नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरेका छन् ।

‘मूल्यवृद्धिले जनता मारमा परेका छन्’ उनको भनाइ थियो– ‘सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनैपर्छ ।’

नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार