त्रिशुलीमा बस खस्याे,२३ जनाको उद्धार

फरक धार

११ साउन २०७५, शुक्रबार

चितवन/ काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार गरिरहेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार