श्रीलंकन क्रिकेटर दानुष्कामाथि ६ खेलमा प्रतिबन्ध, यस्तो छ कारण

फरक धार

१२ साउन २०७५, शनिबार

श्रीलंका– श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) ले ओपनिङ ब्याट्सम्यान दानुष्का गुणथिलाकेमाथि प्रतिबन्ध लगाएको छ । आचारसंहिता उल्लघंन गरेको भन्दै बोर्डले २७ बर्षीय गुणतिलकलाई ६ खेलमा प्रतिबन्ध लगाएको हो ।

गुणथिलाकेका सन्दीप जूड सेलिहा नाम गरेका साथीले नर्वे की दुई महिलामाथि बलत्कार गरेको अभियोग लागेको छ, उ उक्त प्रकरणमा गुणतिलकमाथि पनि अनुसन्धान चलिरहेको छ । प्रहरीले गुणथिलाकेमाथि आरोप नरहेको प्रष्ट पारेको छ । तर क्रिकेट बोर्डको सुनुवाईका क्रममा गुणथिलाकेले टीमको अनुसशासनक र अनुबन्धन शर्त उल्लघंन गरेको ठहर गरिएको हो ।

सुनुवाईपछि बोर्डले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘श्रीलंकन क्रिकेटका खेलाडिहरुको आचार संहिता र अनुबन्धन शर्तको उल्लघंन गरेकाले दानुष्का गुणथिलाकेलाइ ६ अन्तर्राष्ट्रिय खेलबाट निलक्बित गर्ने फैसला गरिएको छ ।’

खेल समाचार सुत्रहरुका अनुसार यो घटना श्रीलंकाले दक्षिणबिरुद्धको टेस्ट म्याच जित्नुभन्दा केही समय अघिको हो । श्रीलंकन क्रिकेट बोर्डको नियम अनुसार म्याचका दौरान खेलाडिहरु होटेलको आ–आफ्नै कोठामा बस्नुपर्ने हुन्छ, त्यसबेला कुनै पनि पाहुनालाई बोलाउन पाइँदैन । प्रतिबन्धसँगै गुणथिलाकेले दक्षिण अफ्रिकाबिरुद्धको पाँच एकदिवसीय र एउटा टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल गुमाउनेछन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार