के बिहे गर्दैछिन् तमन्ना ?

फरक धार

१२ साउन २०७५, शनिबार

एजेन्सी– केही समयअघि बलिउड अभिनेत्री तमन्ना भाटिया अमेरिकाका एक डाक्टरसँग चाँडै विवाह बन्धनमा बाँधिन लागेको खबर आएको थियो । यो खबरको सत्यताबारे त पुष्टी भएन । तर तमन्नाले यसबारे आँफैले मुख खोलेकी छन् । तमन्नाले भनेकी छन्, ‘म अहिले खुशीसाथ सिंगल छु, र मेरा माता–पिताले पनि मेरा लागि कुनै केटा हेरिरहेका छैनन् ।’

बहुबली–२, हिम्मतवाला, रिबेल जस्ता ठुला चलचित्रमा काम गरिसकेकी तमन्ना अगाडि भन्छिन्, कहिले कुनै एक्टर, कहिले कुनै क्रिकेटर र फेरि कुनै डाक्टरसँग जोड्ने । यी अफवाहले यस्तो लाग्दैछ कि म पति खरिद गर्न बजार निस्किएकी छु ।’ तमन्नाले आँफुलाई प्रेमसम्बन्ध रहन भने मन पर्ने खुलाएकी छन् । तर आफ्नो निजी जीवनससँग सम्बन्धित निराधार हल्लालाइ बढावा नदिने उनको भनाइ छ ।

यससँगै तमन्नाले अहिलेको आफ्नो प्रेमबारे पनि प्रष्ट पारेकी छन् । त्यो हो फिल्मी करियर । आँफु पुरै समय काममा व्यस्त रहेको भन्दै उनले भनेकी छन्, म प्रष्ट पार्न चाहन्छु कि बिहेको कुरा अहिले मेरो सूचीमा छैन । बाहिर चलिरहेको हल्ला कसैको मनगणन्ते सोचको उपज भन्दै उनले यसलाइ विराम दिनुपर्ने बताएकी छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार