अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय अवार्ड

फरक धार

१२ साउन २०७५, शनिबार

चितवन – अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट गैंँडाकोट विश्वमै उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय अवार्ड (स्वर्णपदक) प्राप्त गर्न सफल भएको छ ।

विश्वका १ सय १८ राष्ट्रलाई पछि पार्दै अक्सफोर्डले ‘इन्टरनेसनल स्टार फर लिडरसिप इन क्वालिटी २०१८’ को स्वर्णपदक प्राप्त गर्न सफल भएको गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य हरि भण्डारीले बताए । भण्डारीले नेपालको इतिहासमै पहिलोपटक नेपाली संस्थालाई अवार्ड प्राप्त भएको दाबी गरे ।

स्पेनमा केन्द्रीय कार्यालय रहेको विजनेस इनिसियटिभ डाइरेक्सन नामक संस्थाले गुणस्तर, नेतृत्व क्षमता र व्यवस्थापन पक्षलाई मूल्यांकन गरेर उक्त अवार्ड प्रदान गर्ने गर्दछ । असारको १६ र १७ गते फ्रान्सको पेरिसमा भएको २२औं अन्तर्राष्ट्रिय सम्मेलनमा यसपटकको अवार्ड वितरण गरिएको बताइएको छ ।

सेवा, नयाँ आविष्कार, अनुसन्धान, विकास, निरन्तरता, शिक्षा, बजारीकरण, नेतृत्व क्षमता र व्यवस्थापनलगायतका आधारमा करिब ९० देशका विज्ञले मूल्यांकन गरी अवार्डका घोषणा गर्ने गरिन्छ । विसं २०५७ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई कम्युटर साइन्स सुरु गरेको कलेजले विभिन्न तहका कक्षा सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार