आमिर खान प्रोडक्शनले गुलशन कुमारको बायोपिक बनाउँदै, २०१९ मा रिलिज हुने

फरक धार

१२ साउन २०७५, शनिबार

काठमाडाैं/ संगीतको दुनियामा गुलशन कुमार अमर नाम हो । त्यसैले पनि होला सुभाष कपुर गुलशनको जीवनमाथि फिल्म बनाउँदै छन् । गुलशनको बायोपिक अब सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ ।

टी सिरिज र आखिर खान प्रोडक्शनले बिहीबार यो जानकारी दिएकाे हाे ।

अक्षय र वरुणको नामको चर्चाः

गुलशनको बायोपिकको नाम हुनेछ– मोगुल । यस फिल्मका लागि पहिले अक्षय कुमार र सलमान खानको नाम अगाडि आएको थियो ।

तर, पछि यस रोलका लागि वरुण धवनलाई एप्रोच गरियो । वरुण यसका लागि तयारी पनि थिए । अन्तमा टिमलाई वरुण फिट नहुने जस्तो लाग्यो । उनीहरुको मान्यता के थियो भने, वरुण यो रोलका लागि निकै जवान देखिन्छन् ।

मेकर्सले वरुणलाई लिएर फिल्म बनाउने कुरा सेलाइदिए । तर, यतिबेला भने चर्चा आमिर खानको छ । उनले फिल्म प्रोड्युस गर्नुका साथै गुलशन कुमारको रोल पनि गर्नेछन् ।

बायोपिकको सुटिङ भने जनवरी २०१९ बाट सुरु हुनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार