सेयर बजारमा एक अर्बभन्दा बढीको कारोबार

फरक धार

१२ साउन २०७५, शनिबार

काठमाडौं – धितोपत्र बजारमा यस साता एक अर्ब ६२ करोड ९१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कुल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशत कम हो । गत साता एक सय ८६ कम्पनीको एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन एक हजार ९ सय १० अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव १० अंकले बढेर २ सय ५० दशमलव ९६ अंकमा पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच करोड ३० लाख ३० हजारबराबरको कारोबार भएको छ ।

त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा छ । सो बैंकको एक लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार