गधालाई जेब्राजस्ताे रंग्याएर चिडियाघरमा राखेपछि…

फरक धार

१३ साउन २०७५, आइतबार

एजेन्सी- इजिप्टकाे एउटा चिडियाखानामा गधालाई कालाे र सेताे पेन्ट गरेर जेब्राजस्ताे बनाएर राखिएकाे खुलेकाे छ । जेब्राजस्ताे बनाइएकाे याे गधाकाे तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भएकाे छ ।

कायराेकाे एउटा पार्कमा रहेकाे चिडियाखानामा घुम्न पुगेका महमूद सरहान नामका एक विद्यार्थीले फेसबुकमा याे फाेटाे राखेका थिए । रंग्याइएकाे गधा जेब्राभन्दा धेरै सानाे थियाे ।

महमूदले फेसबुकमा फाेटाे राखेपछि विशेषज्ञहरुले त्यसमा कमेन्ट गर्न थाले ।

स्थानीय समाचार समूह एक्स्ट्रा न्युज टिभीमा एक पशु  चिकित्सकले पनि याे फाेटाे गधाकाे भएकाे नै टिप्पणी गरे । उता, त्यहाँ भएका दुवै जेब्रा गधालाई रंग्याएर राखिएकाे सरहानले बताएका छन् ।

इजिप्टकाे चिडियाखानाले त्यहाँ पुग्ने मानिसलाई बेवकुफ बनाएकाे याे पहिलाे पटक भने हाेइन ।

सन् २००९ मा इजरायली नाकाबन्दी गजाकाे चिडियाखानामा पनि हुँदा दुई गधालाई रंग्याएर जेब्राजस्ताे बनाएर राखिएकाे अाराेप लागेकाे थियाे ।

सन् २०१३ मा चीनकाे हेनान प्रान्तकाे एउटा चिडियाखानामा कुकुरलाई अफ्रिकी सिंह भनेर राखिएकाे थियाे । त्यस्तै चीनमा नै २०१७ मा एउटा प्लास्टिककाे पेन्गुइन राखिएकाे थियाे ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार