विश्व कीर्तिमानी बनाउन टुँडिखेलमा रक्तदान

फरक धार

२० फागुन २०७४, आइतबार

अस्पतालहरुमा रगतको अभावका कारण विरामीको जटील शल्यक्रीयासमेत समयैमै गर्न नसक्ने अवस्था आएको भन्दै लायन्स क्लव काठमाडौंले बृहत रक्तदान कार्यक्रम हायोजना गर्ने भएको छ । फागुन २४ मा टुँडिखेलमा आयोजना हुने बृहत रक्तदानमा सहभागि हुन क्लबले सबैलाई आह्वान पनि गरेको छ ।

८ घण्टासम्म चल्ने उक्त रक्तदान कार्यक्रमलाई गिनिज बूक अफ ओल्र्ड रेकर्डसमा समेत समावेश गरेर एकैपटक सबैभन्दा बढी रक्तदान गरेको कीर्तिमानी बनाउने क्लबले बताएको छ । पछिल्लो समय बढ्दो रोगब्याधिका कारण जटिल खालको शल्यक्रिया बढिरहेको र त्यस्ता शल्यक्रीकाका लागि रगत भआव हुँदा शल्यक्रिया नै सारिरहनुपर्ने अवस्थाबाट गुज्रिनु परेको क्लबले बताएको छ ।

नेपाललगायत विश्वमा वर्षेनी लाखौ युनिट रगत चाहिन्छ । यसरी तीव्र रुपमा बढेको माग धान्ने गरी आपूर्ति बढ्न सकेको छैन । ‘रगतको अभावका कारण कतिपय अवस्थामा बिरामीले ज्यान नै गुमाउनु परेको अवस्था छ’, क्लवले आफ्नो बक्तव्यमा भनेको छ ।

चिकित्सकहरुका अनुसार मानव शरीरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने गर्छ । रहेक सेकेण्ड नदीमा नयाँ पानी बगिरहेजस्तै शरीरमा पनि पुरानो रगत नास भएर नयाँ रगत सृजना हुने शीलसिला चलिरहन्छ । त्यसैकारण हामीले आफ्नो शरीरमा भएको रगत नियमित रुपमा दान गर्दा पनि शरीरलाई कुनै हानी हुँदैन । बरु यसले रगतको खराबीबाट सृजना हुने पेट तथा छालाका केही रोगको उपचारमा सघाउ पुग्न सक्ने चिकित्सकहरुले बताँदै आउका छन् । ‘एलर्जी’ जस्ता सामान्य समस्या भएका मानिसको रगत अर्को मानिसलाई दिँदा त्यस्ता समस्या पनि सँगै जाने चाहीँ हुँदैन । त्यसैकारण लाखौमानिसले एकातिर शरीरमा रगतलाई त्यसै खेर फालिरहेका छन् त सयौं मानिसहरु अस्पतालको शैयामा रगत नपाएर छटपटाइरहेका छन् । यो असन्तुलन (ग्याप)लाई व्यवस्थापन गर्न रक्तदान कार्यक्रम गर्नेहरु बढिरहेका छन् ।

‘रक्तदान जिवनदान’ भन्ने भावनाबाट उत्प्रेरीत भएर लायन्स क्लव अफ काठमाण्डौ नेपाल र लायन्स क्लव अफ काठमाण्डौ, हिमचुलीको आयोजनामा विहीवार बृहत रक्तदान आयोजना गरिएको उनले बताए । गिनिज बुक अफ वल्र्ड रेकर्डसको ‘आठ घण्टाभित्र सबैभन्दा बढी व्यक्तिहरुद्वारा गरीने रक्तदान’ शीर्षकमा कीर्तीमानी बनाउने उद्देश्यले वृहत रक्तदान कार्यक्रम तय गरीएको हो ।

यो कार्यक्रमको माध्यमबाट वर्तमान अवस्थामा देखिएको रगतको अभाव न्युनिकरण हुनुका साथै समाजमा रक्तदानप्रतीको चेतनामा पनि वृद्धि क्लवले बक्तव्इमार्फत भनेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार