आजको मौसमः देशभर हल्कादेखि मध्यम खालको वर्षा

फरक धार

१६ साउन २०७५, बुधबार

काठमाडौं– काठमाडौं उपत्यकासहित बुधबार देशभर नै वर्षा हुने जल तथा मौसम विज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश क्षेत्रमा सामान्य देखि पूर्ण बदली भएर हल्का देखि मध्यम खालको वर्षा हुने महाशाखाको भनाई छ ।

राति केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले फरकधारलाई जानकारी दिइन् ।

उपत्यकामा बिहान १० बजे आसपास घाम लागेपनि पुनः बदली हुने उनले बताइन । बिहान २० दशमलब २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो बढेर २७ देखि २९ डिग्री सेल्सियसम्म पुग्नेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार