मोटोपनबाट बच्लान् त अमेरिकी राष्ट्रपति ट्रम्प ?

फरक धार

१३ साउन २०७५, आइतबार

काठमाडाैं/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको डक्टरले शरीरको तौल कम गर्न सल्लाह दिएका छन् । ह्वाइट हाउसका फिजिसियन डाक्टर रोनी जैक्सनले उनको तौल २३९ पाउन्ड(करीब १०८ किलो) भएको बताएका छन् । २४० पाउन्ड तौल भयो भने त्यसलाई उमेर अनुसार मोटोपन मान्ने गरिन्छ ।

चिकित्सकको सल्लाह अनुसार राष्ट्रपति ट्रम्पले रातो मासु खान कम गरेका छन् । आफ्नो मन पर्ने खाना रातो मासु छोडेर अहिले माछा, सलाद तथा सूप खान सुरु गरेका छन् ।

अमेरिकाबाट प्रकाशित न्यूजविकका अनुसार ट्रम्पले दुई अप्ता अगाडि बर्गर खाएका थिए । एक रिपोर्ट अनुसार उनका लागि अब खानाको नयाँ मेनु बनाइएको छ र उनले हप्तामा एक दिन मात्रै आफ्नो चाहाना अनुसारको खाना खान सक्ने छन् ।

ट्रम्पका चिकित्सकका अनुसार ट्रम्पले अहिले खानेकुराको पुरा ख्याल राख्ने गरेका छन् । तर खाना सँगसँगै ट्रम्पले व्यायाम पनि गरिरहेका छन् छैनन् भन्नेबारे भने केही खुलाइएको छैन ।

– एजेन्सीकाे सहयाेगमा ।

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार