मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटना, सबै सुरक्षित

फरक धार

१६ साउन २०७५, बुधबार

एजेन्सी– मेक्सिकोको दुरंगो सहरमा खराब मौसमका कारण विमान दुर्घटना भएको छ । १०१ जना सवार विमान दुर्घटना हुँदा मानवीय भने नभएको बिबिसीले जनाएको छ । एयरोमेक्सिको एयरलाइन्को एम २४३१ विमान दुरंगो भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी मेक्सिको सिटीतर्फ जाँदै थियो । विमानमा ९७ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए । घाईतेमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । जसमध्ये दुई जनाको अवस्था गम्भिर छ । यात्रुहरुको राष्ट्रियता खुलेको छैन ।

अधिकारीहरुका अनुसार भारी वर्षा र असिना परिरहेका बेला विमानले उडान भरेकाे थियो । उडेको १५ मिनेटमै विमान दुर्घटना भएको दुरंगोका गभर्नर एड्सपुरो चश्मीदिदोंले जानकारी दिए । आकस्मिक अवतरण गर्न खोजेको विमान तल झर्नुअघिनै ठुलो आवाज आउने गरी बिस्फोट भएको उनले बताए । उनका अनुसार त्यसपछि विमानमा आगलागी भएको थियो । नागरिक रक्षा बिभागका प्रबक्ता अलेजान्द्रो कार्डोजाले धेरैले भागेर ज्यान जोगाउन सफल भएको बताए ।

विमानमा रहेका एक यात्रुले सञ्चारमाध्यमलाई भने, ‘केही सेकेण्ड त मलाई हावाले बिमान पुरै हल्लाएको जस्तो लाग्यो, त्यसपछि विमान तल खस्यो, ठुलो आवाज आउने गरी बिस्फोट भयो, मेरो दिमागले केही भेउ पाईरहेको थिएन, त्यहाँबाट निस्किएपछि मलाई आँफुले दोस्रो जन्म पाएको जस्तो महसुस भयो ।’ अर्काले एक यात्रुले विमान तल खसेपछि भित्र भएका जस्ले जहाँबाट ठाउँ पाए त्यहिंबाट भाग्न थालेको बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार