प्रतिनिधिसभाको बैठकद्वारा शोक प्रस्ताव पारित

फरक धार

१६ साउन २०७५, बुधबार

काठमाडौं – प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले जोशीकोको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहेका जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो । उनले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/ प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन १७ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार