महिलाले रेस्टुरेण्टमा बच्चा जन्माइन्, जीवनभर खाना फ्री

फरक धार

१६ साउन २०७५, बुधबार

वाशिंटन/ हिजोआज धेरैजसो बच्चाहरुले अस्पतालमा जन्म लिन्छन् ।

तर, अमेरिकाको टेक्सासमा भने महिलाले रेस्टुरेण्टमा बच्चा जन्माएकी छिन् । उनले छोरीलाई जन्म दिएकी हुन् ।

यस घटनापछि अमेरिकाको प्रसिद्ध फुड चेन ‘चिक–फिल–ए’ले फेसबुकमार्फत भिडियो शेयर गर्दै भनेको छ– ‘हामी खाना मात्रै डेलिभर गर्दैनौं । बेबी डेलिभरमा पनि सहयोग गर्छौं ।

अहिले सामाजिक सन्जालमा यो मसला भाइरल भइरहेको छ । यो घटना भने गत महिना (जुलाई) १८ को हो ।

रेस्टुरेण्ट परिवारले बच्चा र आमाको लागि शुभकामना माग्दै जीवनभर खाना फ्री गर्ने बताएको छ । साथै उमेर पुगेपछि यसै होटलमा जब समेत गर्न पाउने रेस्टुरेण्ट परिवारले जानकारी दिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार