८८ लाख ठगी गर्ने पक्राउ

फरक धार

१६ साउन २०७५, बुधबार

काठमाडौं – महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनेर ८८ लाख ठगी गर्ने एकजनालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना एक लाख रुपैयाँ तलब हुने साथै अन्य सुविधासमेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति तीन लाख ५० हजार देखि ६ लाख रुपैयाँसम्मका दरले ८८ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङलगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार