किन मनाइन्छ विश्व स्तनपान दिवस ? किन जरूरी छ स्तपान ?

फरक धार

१६ साउन २०७५, बुधबार

आज अगस्ट १ तारिख । याने कि विश्व स्तनपान दिवस । आजदेखि विश्वमा ‘ब्रेस्ट फिडिङ विक’ मनाउन सुरु भएको छ । आजदेखि ७ तारिखसम्म यो दिवस मनाइने चलन छ । यसको उद्देश्य भनेको महिलालाई स्तनपानका गर्नका लागि जागरुक बनाउनु हो ।

बच्चाका लागि स्तनपान जरुरी

बच्चाका लागि आमाको दूध अमृत समान मानिन्छ । शिशु जन्मिएको ६ महिनासम्म केवल आमाको दूधमा निर्भर रहन्छ । स्तनपानले बच्चाको शारीरिक विकास पनि गराउँछ ।

स्तनपान छुटाउने उचित समय

बच्चालाई ६ महिनादेखि डेढ वर्षसम्म स्तनपान गराउनु आवश्यक छ । तर, योभन्दा लामो समय स्तनपान गराउनु आमा स्वयंका लागि नै हानिकार हुनसक्छ । किनकि, यसपछि महिलाको स्तनबाट दूध आउन बन्द हुँदै जान्छ ।

स्तनपानको लाभ

–आमाको दूधबाट बच्चाले शरीरलाई चाहिने सबै भिटामिन र प्रोटिन प्राप्त गर्छ । शरीरमा भएको पोषक तत्वले हड्डी बलियो बनाउनुका साथै रोगबाट पनि टाढा राख्न सहयोग गर्छ ।

–आमाको दूधले बच्चाको दिमागी विकास पनि बढाउँछ । सोच्ने, सम्झिने क्षमतालाई बढाउँछ । यदि बच्चा टाँठो बाठो होस् भन्ने चाहना छ भने बच्चालाई राम्रोसँग स्तनपान गराउनु पर्छ ।

–आमाको दूधमा पाइने तत्वले बच्चालाई कसैगरी पनि एलर्जी हुन दिँदैन । बच्चालाई रोगबाट टाढा राख्न कम्तिमा पनि ६ महिनासम्म स्तनपान गराउनु पर्छ ।

–नियमित स्तनपान गर्ने बच्चालाई मोटोपनको खतरा हुँदैन । जसले धेरै स्तनपान गर्छन्, त्यति नै धेरै समयसम्म पालिन्छन् । बच्चालाई मोटोपनको समस्याबाट बचाउन स्तनपान गराउनु पर्छ ।

–स्तनपान गर्ने बच्चालाई डायबिटिज, कोलेस्ट्रोल जस्ता रोगको खतरा निकै कम हुन्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार