नेपालकाे पहिलाे एकदिवसीय खेलमा ज्ञानेन्द्रकाे अर्धशतक

फरक धार

१६ साउन २०७५, बुधबार

काठमाडाैं- नेपालले खेलेकाे पहिलाे एक दिवसीय खेलमा ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् । एक दिवसीयमा अर्धशतक प्रहार गर्ने उनी पहिले नेपाली खेलाडी हुन् । नेदरल्यान्ड्सविरुद्धकाे खेलमा अाेपनिङ गरेका ज्ञानेन्द्रले ८ चाैकासहित ५१ रन बनाएका हुन् । यसका लागि उनले ५६ बल खेले ।

टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ४७.४ अाेभरमा १ सय ८९ रन बनाएकाे थियाे ।

बलिङमा नेपालका पारस खड्काले उत्कृष्ट प्रदर्शन गरे । उनले खेलमा ४ विकेट लिए । त्यस्तै साेमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले १-१ विकेट लिए ।

एक दिवसीय मान्यता हासिल गरेकाे ४ महिना भइसके पनि बुधबार नेपालकाे एकदिवसीय खेलकाे डेब्यू हाे ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार