पहिलाे एकदिवसीयमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

फरक धार

१६ साउन २०७५, बुधबार

काठमाडाैं- बुधबार नेपाली क्रिकेटका लागि एउटा सुन्दर दिन थियाे । वर्षाैकाे सपना नेपालले बुधबार सामना गर्दै थियाे । चार महिनाअघि एकदिवसीय मान्यता पाएकाे नेपालले पहिलाे एकदिवसीय खेल नेदरल्यान्ड्ससँग खेल्ने भयाे ।

तर, याे खेलमा नेपालले जित निकालेर ‘सुनमा सुगन्ध’ थप्न सकेन । १९० रनकाे लक्ष्य पछ्याएर मैदानमा उत्रिएकाे ब्याटिङ खासै चल्न सकेन ।

नेपालले ४१.५ अाेभरमा सबै विकेट गुमाएर १३४ रन मात्र जाेड्न सक्याे । याे याेगफल तयार पार्न स्काेर बाेर्डमा नेपालका लागि सबैभन्दा धेरै ज्ञानेन्द्र मल्लले याेगदान दिए । उनले बुधबारकाे खेलमा ५६ बल खेल्दै ५१ रन जाेडे ।

अाेपनिङमा अाएका ज्ञानेन्द्र र अनिलकुमार साहले पहिलाे विकेटका लागि ५८ रनकाे साझेदारी गरे । अनिल २१ रन बनाएर अाउट भए । लगत्तै दाेस्राे विकेटका रुपमा पारस खड्का अाउट भए । बुधबारकाे खेलमा बलिङ जमेका कप्तान पारसले नेपालका लागि ब्याटिङमा चाहिँ खासै याेगदान गर्न सकेनन् । पारस अाउट भएलगत्तै ज्ञानेन्द्र पनि अाउट भए ।

त्यसपछि अारिफ शेख, साेमपाल कामी, बसन्त रेग्मी काेही पनि चलेनन् । दिपेन्द्र सिंह एेरीले नेपालका लागि ३३ रन जाेडेका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार