सिन्धुपाल्चोकः जुरेमा पहिरो गएको ४ बर्ष बित्दापनि भएन पिडितको व्यवस्थापन

फरक धार

१७ साउन २०७५, बिहीबार

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको आज ४ वर्ष पुगेको छ, तर पहिरो पीडितको ब्यवस्थापन हुन नसक्दा दैनिकी कष्टकर बनेको छ ।

पहिरोबाट विस्थापित भएकाहरुलाई एकिकृत वस्ती निमार्ण गर्ने भनिएपनि काम शुरु नहुँदा समस्या भएको पीडितको गुनासो छ । २०७१ साउन १७ गते जुरेमा गएकोे पहिरामा परि १ सय ४५ जनाले ज्यान गुमाएका थिए भने अर्बौको भौतिक क्षति पुगेको थियो ।

पीडितको नाममा संकलन भएको रकम जिल्ला दैविक प्रकोप उद्धार समितीको खातामा जम्मा भएर बसेको छ । पीडितको लागि एकिकृत बस्ती निर्माण हुने निर्णय भएको ४३ महिना भएपनि बस्ती निर्माणको काम सुरु नै गरिएको छैन ।

पहिरोमा परिवारको दुई जना सदस्य सहित आफ्नो सवै सम्पती गुमाएकी राम्चे–५ की ५१ बर्षिया निमाडोल्मा तामाङले अहिलेसम्म अरुको खेत भाडामा लिएर बस्नु परेको दुखेसो पोखिन् ।

वलेफी–८ का तोकबहादुर तामाङले भने– ‘घर बनाउँने जग्गा छैन, नत हाम्रो नाममा आएको पैसा नै पाएका छौँ ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार