घरजग्गा कारोबारबाट दुई करोड २८ लाख राजश्व

फरक धार

१७ साउन २०७५, बिहीबार

म्याग्दी – जिल्लामा घरजग्गा कारोबारबाट आर्थिक वर्ष २०७४÷७५ मा दुई करोड २८ लाख ३९ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गत आवमा ग्रामीण क्षेत्रमा एक हजार १ सय ८४ र सहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव २०७३/७४ मा एक हजार ९ सय ८ रजिस्ट्रेसन पास हुँदा एक करोड ६४ लाख ५९ हजार राजश्व संकलन भएको थियो । आव २०७२/७३ मा दुई हजार २ सय ५२ रजिस्ट्रेसन पास हुँदा एक करोड ७७ लाख २५ हजार राजश्व उठेको थियो ।

राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोबार बढेको पौडेलले बताए । गत आवमा एक करोड ८३ लाख ४२ हजार रूपैयाँ राजश्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजश्व संकलन भएको अधिकृत पौडेलले बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार