होटेल अन्नपूर्णमा द नेक्स्ट एजुकेसन अष्ट्रेलियन फेयर

फरक धार

१७ साउन २०७५, बिहीबार

बिहीबार काठमाडौँको होटेल अन्नपूर्णमा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ मेला २०१८ सुरु भएको छ ।

पढ्नका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै मेला आयोजना गरिएको आयाजकले बताए । सुरक्षित र भरपर्दो रूपमा अष्टे«लिया जानका लागि आवश्यक जानकारी दिने उद्देश्यले सो मेला आयोजना भएको हो । साथै मेलाले विद्यार्थीलाई वैदेशिक शिक्षासम्बन्धी सही सूचना तथा परामर्श दिने अपेक्षा गरिएको छ ।

द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर मेलामा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरूको सहभागिता छ ।

उक्त फेयरमा नेपाली विद्यार्थीहरूको प्रमुख गतव्य बनिरहेको अष्ट्रेलियाका साउदर्न क्रस युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, ब्लु माउन्टेन होटल स्कुल, मेलर्बन इन्टिच्युट अफ टेक्नोलोजी, चाल्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानियालगायत युनिभर्सिटीका स्टल राखिएको थियो ।

द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा भिजिट गर्न आएकी विद्यार्थी राधा भट्टराई आफू कुन युनिभर्सिटीमा अप्लाई गर्न सकिन्छ, कुन युनिभर्सिटीमा कस्तो पढाइ र अन्य सुविधा छ भनेर बुझ्न सो मेलामा आएको बताउँछिन् ।

विभिन्न युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले आफ्ना जिज्ञासा राख्दै सम्वाद गन पाउने भएकाले यो फेयर उपयोगी रहेको द नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारी बताउँछन् ।

बिहान १० बजे देखि सुरु भएको मेला साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा तत्कालै विद्यार्थी भर्ना र छात्रवृत्तिको अवसरसमेत प्रदान गरिनेछ । साथै सहभागी विद्यार्थी र अभिभावकका लागि उत्कृष्ट उपहारका साथमा प्रिभिलेज कार्ड उपलब्ध गराइयो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार