आजको मौसमः धेरै क्षेत्रमा दिउँसो र राती वर्षा हुने

फरक धार

१८ साउन २०७५, शुक्रबार

काठमाडौं– काठमाडौं उपत्यकासहित शुक्रबार देशभर बदली रहेर धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो र राती देशभर सामान्य देखि पूर्ण बदली रहेर हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ । राती देशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा बिहान २० दशमलब १ डिग्री सेल्सियस मापन गरिएको तापक्रम दिउँसो बढेर २९ डिग्री सेल्सियसम्म पुग्नेछ । उपत्यकामा बिहान ५ः२८ बजे झुल्किएको घाम बेलुकी ६ः५२ बजे अस्ताउनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार