कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

फरक धार

१८ साउन २०७५, शुक्रबार

काठमाडौं/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसद भानुभक्त ढकाललाई दिइएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिएका हुन् ।

बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए । उनकाे राजीनामापछि कानुनमन्त्रीकाे पद खाली थियाे ।

ढकाल मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित नेकपाका सांसद हुन् । उनको आज साढे ४ बजे शपथ लिने कार्यक्रम रहेको स्राेतले जनाएकाे छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार